१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

जागरण अभियानले गाडी स्टाट भयो, अब हाईवेमा कुद्छ : प्रवक्ता शर्मा

जागरण अभियानले गाडी स्टाट भयो, अब हाईवेमा कुद्छ : प्रवक्ता  शर्मा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणमा देशैभर भएको जागरण अभियानले ऊर्जा दिएको बताएका छन्।

चुनावी हारपछि सुस्ताएका पार्टीका नेता–कार्यकर्तालाई जागरण अभियानले ऊर्जा दिएको उनले बताए।

कांग्रेसले ७७ जिल्लामा पहिलो चरणको एक महिने जागरण अभियान सकाउँदै छ। शनिबार जागरण अभियान सकिएपछि देशैभर खटिएका केन्द्रीय प्रतिनिधि प्रतिवेदन बोकेर पार्टी कार्यालय आउँछन्।

पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए।जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने , “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको छ अब काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।

‘जागरण अभियानबारे पार्टीभित्रै विवाद रहेछ नि१’ भन्ने प्रश्नमा प्रवक्ता शर्माले गतिशील पार्टीमा केही विवाद देखिए पनि त्यो विवादले जागरण अभियानलाई असर नगर्ने बताए।

‘पहिले जागरण अभियान किन नगरेको भन्ने, अनि अहिले जागरण अभियान गर्दा यो भएन त्यो भएन भन्नेरु,’ उनले भने।

जिल्ला खटिएका कांग्रेस नेतालाई कार्यकर्ताले जागरण कार्यकर्तालाई नभई नेतालाई आवश्यक परेको बताएका थिए।

नेताहरूबीच हुने गुट, उपगुट अन्त्य गर्न र झगडा हटाएर एक हुन कार्यकर्ताको नेतालाई आग्रह छ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।”

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।