१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

अस्ट्रेलियाको सञ्चार माध्यम एबीसीको कार्यालयमा प्रहरीको छापा

अस्ट्रेलियाको सञ्चार माध्यम एबीसीको कार्यालयमा प्रहरीको छापा
अ अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको प्रहरीले त्यहाँका पत्रकारमाथि खानतलासी गर्ने क्रम जारी राखेको छ।

पत्रकार लक्षित खानतलासीलाई निरन्तरता दिँदै आज अस्ट्रेलियन ब्रोर्डकास्टिङ कर्पोरेसन (एबीसी) को सिड्नीमा रहेको मुख्य कार्यालयमा छापा हानेको छ।

उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुई संवाददाता र समाचार निर्देशकको नाम उल्लेख भएको सर्च वारेन्ट अर्थात् खानतलासी अनुमतिपत्रसहित प्रहरी अधिकारीहरू पुगेका थिए।

प्रहरीको त्यस्तो कारबाही अफगातिस्तानमा अस्ट्रेलियाली सेनाले गरेका भनिएको दुर्व्यवहारबारे प्रकाशित लेखसँग सम्बन्धित छ।प्रहरी हस्तक्षेपको एबीसीले विरोध गरेको छ।मङ्गलवार प्रहरीले न्यूज कर्पका पत्रकारको घरमा खानतलासी गरेको थियो।

एबीसीले सन् २०१७ मा चलाएको द फाइल्स श्रृखंलामा अफगानिस्तानमा परिचालित अस्ट्रेलियाको विशेष सैन्य फोर्सका सेनाहरूले गैरकानुनी हत्या र दुर्व्यवहार गरेको तथ्य उजागर गरेको थियो।

सरकारका गोप्य सरकारी दस्ताबेज सार्वजनिक गरेकाले छापा हान्नुपरेको अस्ट्रेलियाको प्रान्तीय प्रहरीले जनाएको छ।

देशको अग्रणी पत्रकार सङ्घका अनुसार प्रहरीले छापा मारेको ती दुई घटनाले अस्ट्रेलियाली प्रेस स्वतन्त्रतामाथि भइरहेको चिन्ताजनक आक्रमणको प्रतिनिधित्व गर्छन्। अन्य युनियन र मानवाधिकारवादी समूहले पनि प्रहरीको कदमको निन्दा गरेका छन्।

यसअघि गत मंगलबार न्युज कर्पका पत्रकारको घरमा पनि प्रहरीले खानतलासी गरेको थियो।

प्रहरी छापाको अस्ट्रेलियामा विरोध भइरहेको छ। अस्ट्रेलियाको पत्रकार संगठनले पत्रकार र सञ्चारमाध्यममाथि भइरहेको यो खानतलासी देशको प्रेस स्वतन्त्रतको विपक्षमा छ।