१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियो



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान एकैछिन बसेको बैठक स्थगित भएको हो । बिहीबारको बैठकमा जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज टुङ्गो लगाउने भनिए पनि निर्णय हुन सकेको छैन ।

कार्यविभाजनको किचलो भएपछि आज अन्तिम रुप दिने भनिएतापनि जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे छिनोफानो गर्न बसेको सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ।

जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज चयनमा नेताहरुबीचमा नै सहमति हुन नसक्दा बैठक स्थगित हुन पुगेको हो ।

इञ्चार्ज र सह–इञ्चार्ज तोक्नेबारे मापदण्डमा नेताहरुबीच सहमति हुन सकेको छैन । प्रदेश इञ्चार्ज र सहइञ्चार्ज तोकेजसरी नै जिल्लामा पनि तोक्ने विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेलले दवाव दिइरहेका छन् ।

तर वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज लाई दोहोरो जिम्मेवारी दिन नहुनेमा अडिग भएपछि पटक पटक बसेको बैठक निर्णय विहीन बन्दै आएको छ ।

एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन।

संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ।गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो।

वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्।जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ।

शुक्रबारसम्ममा पनि सहमति नजुटे जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो दुई साता पछि सर्ने छ ।

शनिबार पार्टी अध्यक्षसमेत ओली ९ दिन लामो युरोप भ्रमणमा निस्कँदै छन् । पटक पटकको बैठक स्थगित हुनुले ओली आफ्नो युरोप भ्रमणपछि मात्रै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सोचमा पुगेको नेकपाका एक नेताले बताए ।




भर्खरै