१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङमा

अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्ध टस  हारेर पहिले ब्याटिङमा
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट वेस्ट इण्डिजले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिज मैदानमा केहीबेरपछि सुरु हुने खेलमा वेस्ट इण्डिजले ब्याटिङ गर्न लागेको हो ।

आज हुने खेलमा दुबै टोलीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। दुबै टोली यस विश्वकप उपाधिका प्रबल दाबेदार हुन्। दुबैले पहिलो खेलबाट आफूहरू उत्कृष्ट प्रदर्शन दिन आएको छनक दिइसकेका छन्।

पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलिया दोस्रो खेलमा पनि वेष्ट इन्डिजलाई पराजित गर्दै अगाडिको यात्रा सहज बनाउन चाहन्छ । विश्वकपको उपाधि दाबेदार टिमको रुपमा हेरिएको अष्ट्रेलिया पछिल्लो समयमा निकै बलियो अवस्थामा छ । यता, वेष्ट इन्डिज पनि विश्वकपको उपाधि हकदार टिम हो ।

अष्ट्रेलियालाई पराजित गर्दै वेष्ट इन्डिज लगातार दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

को अब्बल रु

साबिक विजेतासमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ। वेस्ट इन्डिजले पनि दुई पटक विश्वकप उपाधिको स्वाद चाखिसकेको छ। वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको थियो। सन् १९८३ मा भएको तेस्रो संस्करणको फाइनलमा भने भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो। त्यसयता वेस्ट इन्डिज विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन।

यसैगरी अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो। सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो। त्यसैले हालसम्मको विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ।

हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिजभन्दा अस्ट्रेलिया केही बलियो देखिन्छ। हालसम्म यी दुईबीच कुल एक सय ३९ खेल भएका छन्। त्यसमध्ये ७३ खेलमा अस्ट्रेलिया र ६० खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। तीन खेल बराबरीमा र तीन खेल अनिर्णित अवस्थामा सकिएका छन्। जारी विश्वकपमा अस्ट्रेलिया एरोन फिन्च र वेस्ट इन्डिज जासन होल्डरको कप्तानीमा छन्।

वेष्ट इन्डिज

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस,निकोलस पूरन

अस्ट्रेलिया

एरोन फिनच (कप्तान), डेविड वार्नर, उस्मान ख्वाजा, ग्लैन मैक्सवेल, स्टीव स्मिथ,
नाथन कल्टर नाइल, मिशेल स्टार्क, मार्कस स्टोइनिस,पैट कमिङ्स, एलेक्स कैरी, एडम जाम्पा।