३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी, दुई वटा घर जलेर नष्ट



अ+ अ-

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा बिहीबार आगलागी हुँदा दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत राना मगर र कर्णकुमार थापा मागरको घर जलेको हो।

आगलागीबाट नजिकै रहेको सावित्री केरुङ योङ्याको घरमा सञ्चालित पाँचथर गेष्ट हाउस र एनएमबी बैंक रहेको इन्द्र ढकालको घरमा समेत क्षति पुगेको छ, कर्णकुमार थापा मगरको अर्को घर पनि आंशिक रुपमा जलेको छ।

कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको जिल्ला प्रहरीले बताएको छ।

आगो अहिले नियन्त्रणमा आइसकेको छ।फिदिम नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण उक्त घरमा पसल गरेर बस्ने ५ जना व्यवसायीको सामान समेत जलेर पूर्ण रुपमा नष्ट भएको छ।