६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी, दुई वटा घर जलेर नष्ट



अ+ अ-

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा बिहीबार आगलागी हुँदा दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत राना मगर र कर्णकुमार थापा मागरको घर जलेको हो।

आगलागीबाट नजिकै रहेको सावित्री केरुङ योङ्याको घरमा सञ्चालित पाँचथर गेष्ट हाउस र एनएमबी बैंक रहेको इन्द्र ढकालको घरमा समेत क्षति पुगेको छ, कर्णकुमार थापा मगरको अर्को घर पनि आंशिक रुपमा जलेको छ।

कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको जिल्ला प्रहरीले बताएको छ।

आगो अहिले नियन्त्रणमा आइसकेको छ।फिदिम नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण उक्त घरमा पसल गरेर बस्ने ५ जना व्यवसायीको सामान समेत जलेर पूर्ण रुपमा नष्ट भएको छ।