१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

हुवावेले रूसमा फाइभजी विस्तार गर्ने

हुवावेले रूसमा फाइभजी विस्तार गर्ने
अ अ+ अ-

काठमाडौं । रूसले आफ्नो देशमा फाइभजी नेटवर्क विस्तार गर्न चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग सम्झौता गरेको छ।

रूस भ्रमणका गएका राष्ट्रपति चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिनबीचको उपस्थितिमा बुधबार हुवावे र एमटिएस कम्पनीबीच फाइभजी विस्तारको सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार यही वर्ष रूसमा पाइलट प्रोजेक्ट रूपमा फाइभजी विस्तार सुरू हुनेछ।

चिनियाँ सञ्चारमाध्यमहरूकाअनुसार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम फाइभजी सञ्चालनको लाइसेन्स दिएको छ। त्यस्तै टेलिकम्युनिकेसन अपरेटर चाइना ब्रोडकास्टिङ नेटवर्कले पनि फाइभजीको लाइसेन्स पाएको छ।

अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै हुवावेमाथि प्रतिबन्ध लगाएर सहयोगी राष्ट्रहरूलाई पनि हुवावेसँग फाइभजी सम्झौता नगर्न आग्रह गरेको छ।

संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता कम्पनी हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि चीन सरकारले त्यहाँका टेलिकमलाई फाइभजी सेवा सञ्चालनको अनुमति दिएको हो।

पछिल्लो समय अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका स्मार्ट फोनमा आफ्ना सुविधाहरू (जिमेल, म्याप, युट्युब) राख्न नदिने भएपछि हुवावे समस्यामा परेको छ।

जारी व्यापार युद्धबीच अमेरिकाले आफ्नो देशको कम्पनीलाई कालोसूचीमा राखेपछि चीनले देशभित्र फाइभजी सेवा विस्तार गर्न चार कम्पनीलाई लाइसेन्स दिएको छ।

अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै हुवावेमाथि प्रतिबन्ध लगाएर सहयोगी राष्ट्रहरूलाई पनि हुवावेसँग फाइभजी सम्झौता नगर्न आग्रह गरेको छ।

यी कम्पनीहरूले हुवावेकै फाइभजी पूर्वाधार प्रयोग गरिरहेका छन्। उता अमेरिकाले भने हुवावेलाई कुनै पनि सामान बिक्री नगर्न अमेरिकी कम्पनीहरूलाई बाध्यकारी बनाएको छ।

यस्तो अवस्थामा चीनले फाइभजीको लाइसेन्स नै दिएर अघि बढेको सन्देश विश्वलाई दिएको छ।

‘यहाँबाट चीन फाइभजीको युगमा प्रवेश गरेको छ,’ चीनको टेलिकम्युनिकेसन पूर्वाधारमा ५० प्रतिशत भन्दा बढी हिस्सा भएको हुवावेले भनेको छ, ‘फाइभजी नेटवर्क प्रभावकारी बनाउन चिनियाँ कम्पनीहरूलाई हुवावे पूर्ण सहयोग गर्न तयार छ। हामीलाई विश्वास छ, निकट भविष्यमै फाइभजीमा चीनले विश्वलाई नेतृत्व गर्नेछ।’

अमेरिका, दक्षिण कोरिया, बेलायत र अष्ट्रेलियाले यसअघि नै फाइभजी विस्तारको तयारी अघि बढाइसकेका छन्।