१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

शेयर : नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी

शेयर : नेप्से परिसूचक ओरालो लाग्ने क्रम  जारी
अ अ+ अ-

काठमाडौं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ बिन्दुले घटेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३.६३, विकास बैंक ३.४६, वित्त १८.५५, अन्य १.५४ र सामूहिक लगानी कोष ०।०५ अङ्कले बढेको छ । यस्तै बैंकिङ ५।६२, व्यापार ५.१५, जलविद्युत् ३.९७, निर्जीवन बीमा ११.३१, उत्पादन १४, लघुवित्त ५.०६ र जीवन बीमा ८५.२४ बिन्दुले ओरालो लागेको छ ।

कारोवारमा आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ७६ लाख ९७ हजार २८७ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै कैलाश विकास बैंक रु चार करोड २३ लाख आठ हजार ११७, नेपाल बैंक लिमिटेड रु चीन करोड ७० लाख ८० हजार ८२ र प्रभु बैंक रु तीन करोड ३० लाख ४७ हजार ६३३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ९.६५, गुडबिल फाइनान्स ९.६०, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.५२, कर्णाली डेभलपमेन्ट बैंक ९.४० र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले आठ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ५.१०, सिभिल लघुवित्त वित्तीय संस्था ४.७१, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.५५, खानीखोला हाइड्रोपावर ४.४७ र विशाल बजार कम्पनीका शेयरधनीले ३.८९ प्रतिशतले गुमाए ।