६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत छ, राष्ट्रलाई संकटमा पार्न सक्छ : शर्मा



अ+ अ-

काठमाडौँ । नेकपाका सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् । नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए ।

शुक्रबार बसेको समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राखे ।उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

उनले यो विज्ञापनको कारण संवैधानिक आयोगकै विरोध हुन थालेको भन्दै संवैधानिक अराजकता सिर्जना भए राष्ट्रलाई संकटमा पार्ने बताए ।

‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन,’ शर्माले बैठकमा भने । अब विज्ञापनलाई तत्काल स्थगीत गनुपर्ने उनले बताए ।