६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिग : नेदरल्यान्ड्स फाइनलमा प्रवेश, उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्स नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो ।

३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा भने गोल खान पुग्यो । म्याथिज डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ९७ औ मिनेटमा वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले २–१ गोलको अग्रता बनाएको थियो । एक सय १४ औं मिनेटमा नेदरल्यान्ड्सका लागि प्रोमिसले गोल गर्दै ३–१ गोलको जित दिलाए ।