१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अष्ट्रेलियाको दोस्रो जित, मिचेल स्टार्कले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले हराएको हो ।

२८९ रनको चुनौती पछ्याएको वेष्ट इन्डिजले निधारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७३ रन मात्रै बनाउन सक्यो । उसका लागि शाई होपले ६८ रन बनाए । त्यस्तै, कप्तान ज्यासन होल्डरले ५१ रन बनाउँदा निकोलस पुरनले ४० रन बनाएका थिए । क्रिस गेल र शिमरन हिटम्यरले समान २१–२१ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै ४६ रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै पेट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात निकै खराब थियो । ७९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर, नाथन कल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा ४९ ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनायो । कल्टर नाइलले ९२ रन बनाए । ६० बलको सामना गरेका उनले ८ चौका र चार छक्का प्रहार गरेका थिए ।

स्टिभ स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ४५ रनको योगदान दिए ।

अष्ट्रेलियाको यो दोस्रो जित हो । यसअघि अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । वेष्ट इन्डिजको भने यो पहिलो हार हो । आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।




भर्खरै