१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, प्रमुख वक्ता सीके राउत हुने

प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने,     प्रमुख वक्ता सीके राउत हुने
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मे सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मे र ओलीबीचबको उक्र वार्ता द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने बताइएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रम ओली जुन १२ मा फ्रान्स जाने कार्यक्रम रहेको छ ।

यसैबीच कुनैबेला केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत आउने भएका छन् ।

समाचार स्रोतका अनुसार मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।