१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

रियल मड्रिडको रोनाल्डो बन्दै हाजार्ड, जर्सी नम्बर कति ?

रियल मड्रिडको रोनाल्डो बन्दै हाजार्ड, जर्सी नम्बर कति ?
अ अ+ अ-

काठमाडौं । चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका बेल्जियमका फरवार्ड इडेन हाजार्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुने भएका छन्।

रियल र हाजार्डबीच एक सय मिलियन युरोमा सहमति भइसकेको एजेन्सीहरूले जनाएका छन्। यसै सिजनमा हाजार्डको मद्दतले चेल्सीले युरोपा च्याम्पियन्स लिग उपाधि जितेको थियो।

मे ३० मा भएको फाइनल खेलमा आर्सनलविरुद्ध हाजार्डले व्यक्तिगत १ र पेनाल्टीमा १ गोल गरेका थिए। आर्सनल चेल्सीसँग ४–० ले हारेको थियो।

युरोपा उपाधि रक्षासँगै चेल्सी अर्को सिजनको युरोपा च्याम्पियन्स लिगमा स्वतः छनोट भइसकेको छ।

खेलाडी अभावमा गुज्रिरहेको रियलले क्लबमा हाजार्डलाई भित्र्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो।हाजार्ड आफैंले पनि केही समययता आफू मड्रिड जान इच्छुक रहेको अभिव्यक्ति दिइरहेका थिए।

‘मलाई लाग्छ युरोपा लिग जितेपछि म चेल्सीमा रहन्नँ,’ युरोपा लिगको उपाधिका लागि चेल्सीबाट अन्तिम खेल खेल्दै हाजार्डले भनेका थिए, ‘म अर्को सिजनमा सम्भवतः रियलमा हुने छु।’

२८ वर्षीय हाजार्ड चेल्सीबाट सात वर्षयता खेलिरहेका थिए। उनी क्लबमा हुँदा चेल्सीले दुई पटक प्रिमियर लिग, दुईपल्टै युरोपा लिग र एक पटक एफए कपको उपाधि जितेको थियो।

चेल्सी फुटबल क्लबका प्रबन्धक माउरिओ सारी भन्छन्, ‘आर्सनलविरुद्ध खेलेपछि हाजार्डले क्लब छोड्ने बताइरहेका थिए, चेल्सीमा हाजार्ड एक अद्भुत खेलाडी थिए, उनको निर्णयलाई म सम्मान गर्छु।’

पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डोले रियल छोडेसँगै उक्त क्लबले सिजनका खेलमा उत्कृष्ट लय समात्न सकेको छैन।

चेल्सीमा १० नम्बर जर्सीमा खेल्ने गरेका हाजार्ड रियलमा गएपछि भने उनको जर्सी नम्बर कति हुने भन्ने अन्योल छ।

रियलमा १० नम्बर जर्सीबाट क्रोएसियाका फरवार्ड लुका मोड्रिच खेलिरहेका छन्। रोनाल्डोको ७ नम्बर जर्सीमा स्पेनका मारिएनो डिएजले खेलिरहेका छन्। रियलले खेल्ने अर्को सिजनमा हाजार्ड १० नम्बर जर्सीमै देखिने आँकलन सञ्चारमाध्यमहरूले गरे पनि यसबारे रियलले आधिकारिक रुपमा उल्लेख गरिसकेको छैन।