६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्सपेक्टर हुँ भन्दै सर्वसाधारण कुट्ने प्रहरी पक्राउ, सई साब अझै फरार



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको निरीक्षक भएको बताउँदै सर्वसाधारण कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् ।

लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी काफ्लेले बताए ।

वृत्तका प्रमुख काफ्लेका अनुसार उनीहरुले चेकजाँच गर्ने बहानामा हातपात गरेको उजुरी परेको छ । त्यसक्रममा सार्कीको साथमा रहेको मोबाइल पनि हराएको उजुरीमा उल्लेख गरिएको छ ।

यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ ।

पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।