१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

इन्सपेक्टर हुँ भन्दै सर्वसाधारण कुट्ने प्रहरी पक्राउ, सई साब अझै फरार

इन्सपेक्टर हुँ भन्दै सर्वसाधारण कुट्ने प्रहरी पक्राउ, सई साब अझै फरार
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको निरीक्षक भएको बताउँदै सर्वसाधारण कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् ।

लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी काफ्लेले बताए ।

वृत्तका प्रमुख काफ्लेका अनुसार उनीहरुले चेकजाँच गर्ने बहानामा हातपात गरेको उजुरी परेको छ । त्यसक्रममा सार्कीको साथमा रहेको मोबाइल पनि हराएको उजुरीमा उल्लेख गरिएको छ ।

यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ ।

पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।