१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

त्रिन्दाजीको बयानः म नेयमारप्रति आकर्षित थिए, यौन सम्बन्ध राख्ने इच्छाले पेरिस पुगे

त्रिन्दाजीको बयानः  म नेयमारप्रति आकर्षित थिए, यौन सम्बन्ध राख्ने इच्छाले पेरिस पुगे
अ अ+ अ-

काठमाडौं । ब्रालियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाएकी महिलाले टेलिभिजनमा आएकी छन् र १५ मेमा पेरिसको होटलमा भएको भनिएको घटनाबारे बेलिबिस्तार लगाएका छन् ।

नाजिला त्रिन्दाजी ब्राजिलकै हुन् । उनले शुक्रबार नेयमारविरुद्ध साउ पाओलो प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।नेइमारले उनलाई ब्राजिलबाट पेरिस बोलाएर उनीमाथि बलात्कार गरेको आरोप ती महिलाको छ।

ती महिलाका अनुसार रक्सीले मातेका नेयमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रमक हुँदै उनको इच्छा विपरित यौन सम्बन्ध राखेको दाबी गरेकी छिन् ।

फ्रेन्च फुटबल समाचारका अनुसार उनलाई आरोप लगाइएको रात नेयमार आफ्ना ब्राजिलियन साथी खेलाडी मार्क्विनहोसको जन्मदिनको पार्टीमा थिए।


नेयमारका बाबुले आरोपको खण्डन गर्दै आफ्ना छोरालाई ती आरोपीले त्यतिकै प्रताडित गर्न लागेको प्रतिक्रिया दिएका छन्।


नेयमारले भने आरोप खण्डन गरेका छन् । साथै आफूलाई निर्दोष प्रमाणित गर्न हृवाट्सएपमा भएको कुराकानी सार्वजनिक गरेका छन् ।

त्यसको जवाफ दिन त्रिन्दाजीले टेलिभिजनलाई अन्तर्वार्ता नै दिएकी छन् । एसबीटी ब्राजिललाई दिएको अन्तर्वार्तामा उनले आफू नेयमारप्रति आकर्षित भएको र यौन सम्बन्ध राख्ने इच्छाले पेरिस पुगेको स्वीकार गरेकी छन् ।

नेयमारकै खर्चमा आफू पेरिस पुगेको उनले बताइन् । तर, भेटमा नेयमार म्यासेजमा कुरा गरे भन्दा भिन्न पाएको उनले बताइन् ।

उनकाअनुसार उनी सहमतिमै यौनसम्पर्क राख्न तयार भएकी थिइन् र नेयमारलाई कण्डम प्रयोग गर्न आग्रह गरेकी थिइन् । तर, नेयमारले कण्डम प्रयोग गर्न अस्वीकार गरेको र आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

उक्त घटना कुटपिट वा बलात्कार के थियो भन्ने प्रश्नमा त्रिन्दाजीले भनिन्, ‘त्यो कुटपिट र बलात्कार दुबै थियो ।’

यो घटनालाई लिएर एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ, होटलका कोठाको उक्त फुटेजमा त्रिन्दाजी र नेयमारबीच विवाद भएको देखिन्छ ।

खाटमा बसिरहेकी महिलाले पुरुषलाई थप्पड हान्छन् र भन्छन्, म तिमीलाई कुट्न गइरहेको छु किनभने तिमीले मलाई हिजो पिटेका थियौं ।’ त्रिन्दाजीका अनुसार उनले नेयमारलाई दोस्रो पटक पनि भेटेकी थिइन् ।

नेयमारले के भने ?


नेयमारले आफूमाथि लागेको बलात्कारको आरोप झूठो भएको बताएका छन्। उनले ७ मिनेट लामो भिडियो इन्स्टाग्राममा पोष्ट गर्दै आफूमाथि लागेको आरोप झूटो भएको बताएका हुन्।

ती महिलासँग दुई जोडीबीच जस्तो सम्बन्ध हुन्थ्यो त्यस्तै सम्बन्ध रहेको नेयमारको भनाई छ। एकदम निजी कुरा भएपनि आफूले केही नगरेको प्रमाण दिन उनीसँगको सम्बन्ध सार्वजनिक गर्नुपरेको बताएका छन्।

उनको व्यवस्थापकीय टोलीले पनि विज्ञप्ति जारी गरेर नेयमारमाथि अन्यायपूर्वक आरोप लगाइएको जनाएको छ। ‘नेइमारले बलात्कार नगरेको प्रमाण प्रहरी अधिकारीलाई दिएको छ’ उनको व्यवस्थापकीय टोलीको विज्ञप्तिमा भनिएको छ।

उजुरीपछि ब्राजिली अधिकारीहरूले घटनामाथि अनुसन्धान गरिरहेका छन्।