१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

आरन चल्यो, जीवन चल्न सकेन

आरन चल्यो, जीवन चल्न सकेन
अ अ+ अ-

तनहुँ । तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित भएका छन् । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भएका हुन् । पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आएका विकले बजारमा आएको आधुनिक सामग्रीका कारण आफ्नो पेशा सङ्कटमा परेको जानकारी दिए ।

दलसिंले भने, ‘बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ । आजभोलि काम पनि पाउन छाडियो ।’ बजारमा भित्रिएका आधुनिक सामानका कारणले आफूले बनाउँदै आएको हँसिया, खुर्पालगायत बिक्री हुन छाडेको उनको गुनासो छ । उनले भने, ‘विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । तर अहिले सामग्री नै बिक्री हुन छाडेपछि दोधारमा परेको छु ।’

फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयातीत सामग्री प्रयोग गर्न थालेको उनले गुनासो गरे । ‘सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले बजारमा आएका सामग्री र आफूहरुले बनाएको सामग्रीको गुणस्तर धेरै फरक पर्छ । मानिसले त्यसको महत्व नबुझेर सस्तोमा सामग्री किन्न थालेका छन्’, उनले भने ।

विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । फलामलाई कोइलामा ताप दिएर आकारप्रकार दिएर बनाइने खुर्पालगायतका औजार बलियो भए तापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उनको भनाइ छ ।

यो पेशाबाट मासिक रु दुई हजार पनि कमाउन नसकिने भएपछि जीवनयापनका लागि अब के गर्ने भन्ने चिन्ता थपिएको विकले बताए । उनले भने, ‘विगतमा यही पेशाबाट राम्रो आम्दानी हुन्थ्यो, तर अहिले महीनाको दुई हजार पनि कमाई हुँदैन ।’

पेशा जोगाउन सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ पाल्पाली छापका नेत्रमाया सुनारको बिहान–बेलुकाको समय आरनमा बित्छ । काँचो फलामलाई कोइलाको रापमा पगालेर कृषि औजार, हातहतियार र भाँडावर्तन बनाउनु उनको दैनिकी हो । पुराना सामानलाई आगोमा रातो तताउँदै घनले पिटेर नयाँ स्वरुपमा ढाल्न उनले कडा मिहिनेत गर्नुपर्छ ।

आर्थिक अभावका कारण खुला आकाशमुनि आरन चलाउनुपर्ने उनको बाध्यता थियो । वैशाख–जेठको टन्टलापुर घामको प्रवाह नगरी खुला आकाशमुुनि खलाती र भाटीसँग पौठेजोरी खेल्ने नेत्रमायालाई उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति शुक्लागण्डकीले आरन चलाउन टहरा निर्माण गरिदिएको छ । जस्ताले छाएको टहरासँगै आरनमा आवश्यक सामग्री उनलाई सहयोग गरिएको समितिका अध्यक्ष भरत लामगादेले बताए ।

उनले भने, ‘सङ्कटमा परेको पेशा संरक्षण गर्ने अभियानमा हामी छौँ । पछिल्लो समय आरन चलाउनेहरु घटेका छन् ।’ महिला भएर दशकौँदेखि आरन चलाएकी नेत्रमाया आर्थिक अभावले टहरा बनाउन नसक्ने भएपछि पेशा छाड्न सक्ने भएकाले टहरा निर्माणमा सघाएको उनको भनाइ छ ।

उनका अनुसार नेत्रमायालाई आरनमा आवश्यक सनासो, घन, भाडी, हावा निकाल्ने मेशिन सहयोग गरिएको छ । लामगादेले भने, ‘विदेश जानुभन्दा पुख्र्यौली पेशालाई आधुनिक र व्यवस्थित तरिकाले अपनाए राम्रो आम्दानी लिन सकिन्छ ।’

वर्षाको समयमा लामो समयसम्म झरी पर्दा आरनको काम नपाउँदा परिवारको गुजारा कसरी चलाउने भनेर चिन्तामा रहनुभएकी नेत्रमाया नयाँ टहरा पाएपाछि खुशी भएका छन् । उनले भने, ‘चर्को घाममा काम गर्न नपर्ने भयो । अब टहरामा आरन भएपछि फुर्सद हुँदा काम गर्न सक्छु ।’