१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारहरुले माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेयक जलाए



अ+ अ-

काठमाडौं । पत्रकारहरुले माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेयक जलाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ३ को आयोजनामा विधेयक जलाइएको हो ।प्रहरीको हस्तक्षेप बाबजुद उनीहरुले विधेयक जलाएका हुन् । क्रान्तिकारी पत्रकार महासंघका नेताहरुले नेपाल पत्रकार महासंघको जारी आन्दोलनको समर्थन, ऐक्यबद्धता तथा खबरदारीको लागि विधेयक जलाएको बताएका छन् ।

यसअघि महासंघले बुटवलको मिडिया चोकमा पनि विधेयक जलाएको थियो । महासंघले ७ वटै प्रदेशमा विधेयक जलाउने निर्णयसमेत गरेको छ ।

‘मिडिया काउन्सील विधेयक खारेज गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर’,सम्पूर्ण प्रेस विरोधी ऐन कानूनहरु खारेज गर’लगायतका नारा लेखिएका प्ले–कार्डसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको थियो ।

विरोध प्रदर्शनमा क्रान्तिकारी पत्रकार महासंघका पूर्वअध्यक्ष कुमार शाह, वर्तमान अध्यक्ष इन्द्र राउत, महासंघका सचिव तथा ३ नं। प्रदेश संयोजक रनसुर महतरा, सचिव अनु निरौला लगायत संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।




भर्खरै