१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्चको आदेशबाट रिहा



अ+ अ-

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशबाट रिहा भएका छन्।

शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।

रिहा भएसंगै जनताहरुले यो जीत कस्को जनताको, ज्ञानेन्द्र शाही जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन् । ह्विल चियरमा बसेका शाहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका थिए ।

पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट पक्राउ गरेको थियो । उनले आफूमाथि प्रहरीले निर्घात कुटपिट गरेर चरम यातना दिएको आरोप लगाएका छन् । तर प्रहरीले भने उक्त आरोप नकारेको छ ।

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो।

शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । तर प्रहरीले हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ।

शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको हो।




भर्खरै