१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन इतरको बैठक साँझ ५ बजे बस्ने



अ+ अ-

काठमाडौं । सहमतिमा साझा उम्मेदवारबारे अझै टुंगो लगाउन नसकेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ ।

महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल बोलाइएको हो । 

शुक्रबार पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर निस्किएका हुन् ।

पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए ।

कांग्रेस संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा आकांक्षी छन् ।