१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेता युरोकप छनौटमा पराजित



अ+ अ-

काठमाडौँ । विश्वकप विजेता फ्रान्स युरोकप छनौटमा टर्कीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा फ्रान्स टर्कीसँग २-० गोलले पराजित गरेको हो ।

टर्कीको जितमा कान आयहान र केन्जिज अन्डरले एक एक गोल गरेका थिए । टर्कीका लागि आयहानले खेलको ३०औ मिनेटमा गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४०औ मिनेटमा अन्डरले गोल गर्दै टर्कीको अग्रता दोब्बर पारेका थिए ।

फ्रान्सले सन् २०१५ पछि पहिलो पटक २ वा २ भन्दा बढी गोल खाएको छ । एन्टोनी ग्रीजम्यान, किलीयन एम्बाप्पे र ओलिभर गिराउड जस्ता खेलाडीले गोल गर्न नसक्दा फ्रान्स पराजित भयो ।

यो जितसँगै टर्कीले युरोकप छनौटको समुह एचमा खेलेका ३ खेलमा तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स भने ३ खेलमा २ खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै आइसल्याण्ड पनि ३ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।