१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरु भयो कांग्रेस महाधिवेशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ । 

भृकुटीमण्डपमा जारी उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भेला भएका छन् ।

दिउँसो १ बजेबाट सुरू भएको उद्घाटन समारोहमा अहिले कलाकारहरूले सांस्कृति कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् भने शीर्ष नेताहरु आउँदैछन् । 

महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्ने बताइएको छ ।