२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अस्ट्रेलिया आम्ने साम्ने, कसले मर्ला बाजी ?



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज साँझ (आइतबार) साविक विजेता अस्ट्रेलिया र भारत भिड्दै छन् । दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने यस खेल निकै रोचक हुनेछ । विश्वभरका क्रिकेट पारखीलाई यो खेलले भरपूर मनोरञ्जन दिने अपेक्षा पनि गरिएको छ । विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् ।

साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ । भारतको योजना पनि उस्तै छ । विश्वकपमा अस्ट्रेलियाले दुई खेल खेलिसकेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतले भने एक खेल खेलेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

साबिक विजेता अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो । सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो । त्यसैले विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियामा चर्चित र अनुभवी खेलाडी छन् ।

यसैगरी दुई पटक विश्वकपको उपाधि चुमेको भारत विश्व क्रिकेटको बलियो टोली हो । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीमा स्टार र अनुभवी खेलाडीको जमघट छ । सन् २०११ मा भारतले विश्वकप जित्दाका कप्तान महेन्द्रसिंह धोनी अहिले पनि टोलीका प्रभावशाली खेलाडीका रूपमा छन् ।

भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन् । त्यसमा अस्ट्रेलियाले आठ र भारतले तीन खेल जितेको छ ।