१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः शीर्ष नेताहरु भृकुटीमण्डपमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र जारी छ । यद्यपि औपचारिक रुपमा उद्घाटन सत्र सुरु नभएपनि कलाकारहरुले प्रस्तुति दिइरहेका छन् । ​

उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगेका छन् । 

यस्तै महाधिवेशनलाई सम्बोधन गर्न नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत उपस्थित भइसकेका छन् ।