६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भनेको एमाले र कांग्रेस हो अरु पानीका फोका जस्ता: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली काग्रेस नै मुख्य पार्टीका रुपमा रहेको बताउन भएको छ । एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो  'पार्टी भनेको दुई ओटा मात्र हुन् अत पानीको फोका जस्ता हुन् उठ्छन् बिलाउछन् ।' कार्यक्रममा ओलीले भन्नुभयो 'काग्रेस पनि कहिले कहिले बरालिन्छ संम्झाउन जाँदैछु ।'

कार्यक्रमलाई सम्बोधन गरेपछि अध्यक्ष ओली नेपाली काग्रेसको महाधिवेशन स्थल भृकुटी मण्डप पुग्नु भएको थियो ।  कार्यक्रममा ओलीले भन्नुभयो एमाले अघि सारेको कार्यक्रम सही रहेछ भन्ने त सबैले यसको अनुशरण गरेपछि पुष्टि भयो । उहाँले भन्नुभयो  हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् ।हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।

उहाँले भोली र पर्सी बस्ने केन्द्रीय समितिको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनु भयो ।