६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक फिर्ता नलिए सडकबाटै सरकार ढाल्छौं : अभियान्ता बैद्य



अ+ अ-

काठमाडौं । गुठीयारहरुमाथि सरकारी दमन सुरु गरेको भन्दै सडकबाटै सरकार ढाल्ने चेतावनी दिएका छन् ।

इन्द्रचोकमा भएको विरोधसभामा आन्दोलनको नेतृत्व गरिरहेका सम्पदा अभियान्ता अनिष बैद्यले सभालाई सम्बोधन गर्दै उपत्यकामा भएका गुठीहरुमाथिको आक्रमणले नेवार समुदायको आत्मसम्मानमा ठुलो चोट पुगाएको भन्दै विधेयक फिर्ता नलिए सडक आन्दोलनबाट दुई तिहाई सरकारलाई ढाल्ने चेतावनी दिएका हुन् ।

त्यसैरी अर्का अभियन्ता गणपतिलाल श्रेष्ठले पनि सरकारले भूमाफियाहरुको पक्षपोषण गर्न सरकारले सो विधेयक वलपूर्वक पारित गर्न खोजेकोले सबैले खवरदारीसँगै आन्दोलन चर्काउनु पर्नेमा जोड दिए ।

सो सभामा उपत्यका सडक पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, विवेकशिलका राजभक्त विराजभक्त श्रेष्ठ, यादवलाल कायस्थ, गुठीका मचाराज डंगोललगायतको सहभागिता रहेको थियो ।

यता गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको तेश्रो बैठकमा आइतबार गुठ्ठीयारहरु माथि भएको दमनका बारेमा सांसदहरु उठाएको प्रश्नको जवाफ दिदै उनले प्रदर्शनकारी उत्तेजित भएर तोडफोडमा उत्रेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन बल प्रयोग गरेको बताएका थिए । तर प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा उनले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै माइतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए।

उनले प्रदर्शनकारीले सडकमा सुतेर सडक अवरोध गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी माथि ढुङ्गा मुडा प्रहार गरेका कारण प्रहरीले बाध्य भएर सामान्य धरपकड गरेको आरोप लगाए ।

आज (मगंलवार) गुठी विधेयकको विरोध र प्रहरी दमनको विरुद्ध असनमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौं जिल्लाको आयोजनामा बृहत विरोध सभा हुँदैछ ।