६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ : सांसद राजेन्द्रकुमार केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी गुठी विधेयकको विरोध गर्दे काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले विधेयक फिर्ता नभए उपत्यका घेराबन्दी हुसक्ने चेतावनी दिए ।

‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई चलाइयो भने निश्चित रुपले १०औँ लाख मान्छे काठमाडौं उत्रनेछ ।’उनले भने,’नाङलो ठटाएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीवासीलाई ।’

उनले सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भर्त्सना गरे ।

उाले प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप लगाए । उनले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे । गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गरे ।

आफूले विद्यार्थी हुँदा कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको उनले बताए। ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ’, उनले भने, ‘त्यो पनि पुष्टि भएको छ।’

सोमबार प्रतिनिधिसभामा गुठी विधेयकको विषयमा उठेको विषयको जवाफ दिने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानकै गलत व्याख्या गरेकी उनले बताए। ‘गुठीलाई समाप्त पार्ने खेल भएको छ’, केसीले भने, ‘यो कुनै पनि हालतमा स्वीकार हुँदैन।’

संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे।

उनले माइतीघरमा गुठियारद्वारा भएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षपको विरोध गरे। उनले सो क्रममा भएको घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न आग्रह गरे।