७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस राष्ट्रको चौथो अङ्ग हो,यसलाई अङ्कुश लगाउनु हुँदैन: रावल



अ+ अ-

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उहाँले थप्नुभयो, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, पे्रसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गर्नुभयो । “सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ”, उहाँले भन्नुभयो, “समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ ।”

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।”

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उहाँले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताउनुभयो । पार्टीले गलत गर्यो भने खबरदारी गर्नुपर्छ भन्दै उहाँले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गर्नुभयो । उहाँले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिनुभयो ।