१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : तिब्रगतिका बलर मालिंगा स्वदेश फर्किदै



अ+ अ-

काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर लासिथ मालिंगा स्वदेश फर्किने भएका छन् ।

मालिंगाको सासु आमाको निधनभएपछि उनि स्देश फर्किन लागेको श्रीलंका क्रिकेटले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

श्रीलंका क्रिकेटले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मालिंगा विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने छन् । उनका सासु आमाको आज निधन भएको छ ।’

विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दुवै टिमले समान तीन–तीन खेल खेलेका छन् । बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ । श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो ।

श्रीलंकाका लागि कुशल परेरा, कप्तान दिमुथ करुनरत्ने, कुशल मेन्डिस, अभिस्का फेर्नान्डो जस्ता ब्याट्सम्यान र धनन्जय डे सिल्भा, एन्जेलो मेथेवस, थिसरा परेरा जस्ता अलराउण्डरले महत्वपूर्ण भूमिका खेल्नेछन् । यता, बलर लासिथ मालिंगा श्रीलंकाका गेम चेन्जर खेलाडी हुन् ।

यता, बंगलादेशको पनि पछिल्लो समयमा ब्याटिङ बलियो बनेको छ । लिटोन दास, मोहम्मद मिथुन, मोसादक हुसेन, मुस्फिक्युर रहिम, सब्बर रहमान, सौम्या सरकार, सकिब अल हसनजस्ता खेलाडीले बंगलादेशको ब्याटिङ उकास्ने छन् । बलिङमा पनि बंगालदेश राम्रो छ । कप्तान मश्रफे मोरटजा, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायदलगायत बलरमा बंगलादेशको पूर्ण विश्वास छ ।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।

श्रीलंकाको अब आउने अर्को खेल १५ जुनमा अष्ट्रेलियाविरुद्ध छ । त्यो खेलका लागि भने उनी टिममा फर्किने छन् ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।