६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न जनजातिहरुको माग



अ+ अ-

काठमाडौं । आदिवासी/जनजातिहरुले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।


मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन उत्रिएका उनिहरुले आरक्षणको रक्षा तथा लोकसेवा आयोगले जालसाजीपूर्ण आह्वान गरेको विज्ञापन खारेज गरी निर्णय र विज्ञापन सच्याउनका लागि दवाव सिर्जना गर्न र गराउन प्रदर्शन गरिएको थियो ।

समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गरेका हुन् । प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुनअनुसार चल्न पनि सचेत गराएका छन् ।

संघीय तामासालिङ मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।