६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : स्टोनियाविरुद्ध जर्मनीको आठ गोल



अ+ अ-

काठमाडौं । जर्मनीले युरोकप छनोट फुटबलमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीले स्टोनियामाथि ८–० गोल अन्तरको फराकिलो जित निकालेको हो । जर्मनीका लागि मार्को रिउस र सर्ज गनाब्रीले समान २–२ गोल गरे । त्यस्तै, टिमो वर्नर, लिरो साने, लियोन गोरोत्जका र इल्के गुन्डोगोनले समान १–१ गोल गरे ।

जर्मनीले पहिलो हाफमा नै पाँच गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा थप तीन गोल गर्दै जर्मनीले फराकिलो जित बनाएको हो ।

समूह सी मा रहेको जर्मनीको यो लगातार तेस्रो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीको ९ अंक भएको छ । यता, शीर्ष स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि जित निकालेको छ । उसले लगातार चौथो खेलमा जित निकाल्ने क्रममा बेलारुसलाई १–० गोलअन्तरले पराजित गरेको हो ।