६ आश्विन २०८१, आईतवार
,
Latest
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : एन्डोरामाथि फ्रान्सको सहज जित



अ+ अ-

काठमाडौं । विश्वविजेता फ्रान्सले फुटबलमा एन्डोरामाथि सहज जित निकालेको छ ।मंगलबार राति समूह एचको खेलमा फ्रान्सले एन्डोरालाई ४–० गोलको जित निकालेको हो ।

फ्रान्सको जितमा केलियन एम्बाप्पे, बेन यडर, फ्लोरियन थाउभिन र कर्ट जुमाले समान एक एक गोल गरे ।खेलको ११औं मिनेटमा नै एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, यडरले ३०औं मिनेटमा गोल परेपछि फ्रान्सले २–० गोलको अग्रता बनायो । एकपछि अर्कोे गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्न सफल भयो । योपटक भने थाउभिनले गोल गर्न सफल भए ।

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा एक गोल थप्न सफल भयो । खेलको ६०औं मिनेटमा जुमा गोल गर्दै फ्रान्सलाई ४–० गोलको जित दिलाए ।

चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको फ्रान्सको ९ अंक भएको छ । समूह एचअन्तर्गत नै भएका अन्य खेलमा टर्की आइसल्यान्डसँग २–१ गोलअन्तरले पराजित भएको छ । यता, अल्बानियाले भने माल्डोभालाई २–० गोलअन्तरले पराजित गरेको छ ।