६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका र बंगलादेशको खेल पानीले रोकियो, बन्यो नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशको खेल पानीले विथोलेको छ । ब्रिस्टोलमा लगातार पानी परेपछि टस समेत हुन सकेन र दुबै टिमले १-१ अंक बाँडेका छन् ।

लगातार दोस्रो खेल पानीले विथालेपछि श्रीलंका मारमा परेको छ । पाकिस्तान र श्रीलंकाको खेल पानीले रोकिएको थियो ।

विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले अंक बाँडेको यो तेस्रो खेल हो । यो आफैंमा रेकर्ड हो ।

यसअघि १९९२ र २००३ को विश्वकपमा दुई खेल पानीका कारण रद्द भएको थियो ।

बीबीसीका अनुसार बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने टान्टन र भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट ब्रिजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।