१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता गाउँ गए कुन चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीति ठिक ढंगले नचलेको बताएका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, 'अहिले आम जनताको दृष्टिकोणमा राजनीति लिगबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठिक लगाउने राजनीति ठिक छैन ।’ 

उनले अगाडी भने, हाम्रो गाउँघरतिर पार्टीका कार्यकर्ताहरुले नेता बोलाउँदा, चौतारा, सामुदायिक भवनमा नेता बोलाएर राख्छन्, र गाउँका मानिसलाई आउनु न एकछिन फलानो ठाउँमा हाम्रो नेता आउँदै हुनुहुन्छ । नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकल मेरो नाम भनुँ कि अरु नेताको नाम भनुँ, नभनुँ । कुन नेता आएछन् भनेर मानिसले सम्झिँदैनन् कुन चाहीँ चोर आएछ भनेर सम्झिन्छन् ।’