७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित भारतीय अभिनेता तथा नाटककार कर्नाडको मृत्यु



अ+ अ-

भारतका चर्चित अभिनेता, फिल्म निर्देशक, नाटककार, लेखक र बहुआयामिक प्रतिभाका धनी गिरिश कर्नाडको सोमबार बेंगुलुरुमा निधन भयो । उनी ८१ वर्षका थिए ।

उनी भारतको प्रतिष्ठित ज्ञानपीठ पुरस्कार तथा पद्म भूषणबाट सम्मानित थिए ।गिरिश लामो समयदेखि बिमारी थिए । उनको शरीरको कैयन अंगले काम गर्न छाडेको थियो । उनलाई सास लिन गार्‍हो भएपछि अन्तिम समयतिर अस्पतालमा भर्ना गरिएको थियो ।

कनार्डको हिजो नै अन्तिम संस्कार भयो । उनको इच्छा अनुसार परिवारले कुनै रीति रिवाज पालना नगर्ने निर्णय गरेको थियो ।

उनी ३५ वर्षको उमेरमा भारतको प्रतिष्ठित ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया (एफटीआईआई) ’ का निर्देशक चुनिएका थिए । उनी गैर–कर्मचारीबाट उक्त पदको नेतृत्व गर्ने पहिलो भारतीय हुन् ।

बहुमुखी प्रतिभाका धनी कनार्ड सन् १९५८ मा धारवाडस्थित कर्नाटक आर्ट कलेजमा पढेर त्यसपछिको पढाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय गरे । उनले त्यहाँ दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातोकर डिग्री हासिल गरे ।

उनी युनिभसिटी अफ शिकागोमा प्रोफेसर पनि रहिसकेका व्यक्ति हुन् । तर पछि उनी त्यहाँबाट भारत फर्किएर थिएटरमा काम गर्न थाले । त्यसपछि उनले आफूलाई पूर्णत साहित्य र फिल्ममा लगाए ।

उनले त्यहाँ छदा ‘इन्टिग्रेटेड कोर्स’ सुरु गरेका थिए । त्यस अन्तर्गत एउटा विशेष विषयको पढाई गर्ने छात्र–छात्रालाई अर्को विषयको सामान्य जानकारी हासिल गर्नुपर्ने अनिवार्य गरिएको थियो ।

कर्नाटक राज्यको मुख्यमन्त्री कार्यालयले कर्नाडको सम्मानमा सोमबार विदाको गर्दै तीन दिनको शोक घोषणा गर्यो । मुख्यमन्त्री कार्यालयले घोषणाबारे स्पष्टिकरण दिँदै कनार्डलाई ज्ञानपीठ पुरस्कारबाट सम्मानित मानिसलाई दिइने राजकीय सम्मान दिएको बताएको छ ।