१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्ल्याक होल र विस्फोट गर्ने ताराहरुको अध्ययनका लागि नासाद्वारा एक्स–रे मिसन लन्च



अ+ अ-

वासिङ्टन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शुक्रबार दिउँसो नयाँ एक्स–रे मिसन (आइएक्सपिई) प्रक्षेपण गरेको छ । यो मिसन अन्तरिक्षमा भइरहेका धेरै रहस्यमय घटनाहरूको पर्दाफास गर्न सहयोगी साबित हुनेछ। यसले ब्ल्याक होल, सुपरनोभा र ब्रह्माण्डको प्रकृतिको बारेमा धेरै महत्त्वपूर्ण जानकारी उजागर गर्न सहयोग गर्नेछ। शुक्रबार दिउँसो करिब एक बजे स्पेसएक्स कम्पनीको फाल्कन ९ रकेटको सहयोगमा नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट प्रक्षेपण गरिएको छ। यो मिसन नासा र इटालियन स्पेस एजेन्सीको संयुक्त कार्यक्रम हो।

यो विशेष अवसरमा नासाका तर्फबाट जानकारी दिँदै आइएक्सपिई एक्स–रे मिसन बिहान १ बजे प्रक्षेपण गरिएको हो । यो मिसनले अन्तरिक्षमा हुने रहस्यमय घटनाहरु जस्तै ब्ल्याक होल र न्युट्रोन ताराहरु बारे जानकारी सङ्कलन गर्न सहयोगी हुने बताइएको छ । यद्यपि आइएक्सपिई नासाको एक्स–रे टेलिस्कोप चन्द्र एक्स–रे जत्तिकै ठूलो र बलियो छैन।

प्रक्षेपणको विशेष अवसरमा आइएक्सपिई प्रिन्सिपलका अन्वेषक मार्टिन वेस्कफले यस मिसनको प्रक्षेपण एक्स–रे खगोल विज्ञानको क्षेत्रमा महत्वपूर्ण कदम भएको बताउनुभयो। आइएक्सपिई मिसनले अन्तरिक्षमा ब्रह्माण्डीय एक्स–रेहरूको सही प्रकृति र उत्पत्तिको बारेमा जानकारी प्रदान गर्नेछ।