९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा विवाह गर्छु भन्दै करणी गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ



अ+ अ-
सांकेतिक तस्वीर

दाङ । दाङमा विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ । उनले घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनका अनुसार गतबर्ष चैतदेखि महिलालाई लगातर करणी गरेपनि पीडितको जाहेरी ढिलो आएको बताए ।

उनलाई मुलुकी फौजदारी कार्यविध २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ ।