१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा महिला पत्रकारको हत्या



अ+ अ-

मेक्सिको । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ ।

प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो ।

सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
हत्याका आरोपीहरुमाथि यहाँ बिरलै सजाय हुने गरेको छ ।