६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा महिला पत्रकारको हत्या



अ+ अ-

मेक्सिको । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ ।

प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो ।

सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
हत्याका आरोपीहरुमाथि यहाँ बिरलै सजाय हुने गरेको छ ।