१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिम नेपालका सञ्चालक प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मिम नेपालका सञ्चालक प्रनेश गौतमलाई पक्राउ गरेको विरोधमा आज प्रर्दशन गरिएको छ ।

धरान नगरपालिका वडा नम्बर १४ घर भइ हाल भक्तपुरको बालकोटमा बस्ने प्रनेशले चलचित्र वीरविक्रम २ को भिडियो समीक्षा गरेका थिए ।

गौतमलाई पक्राउ गरेको विरोधमा बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।

उनी कमेडियन भएकाले उनले चलचित्रको समीक्षा फरक शैलीमा गरेका थिए । तर, चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले मिम नेपालका सञ्चालक प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्‍याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले गौतमलाई हिरासतमा राखेको हो ।

‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् । यसका यूट्यूव सब्सक्राइबर भने हाइड गरिएको छ ।

भिडियो अपलोड भएपछि वीर विक्रम २ को निर्माण पक्षले प्रहरीमा साइबर क्राइमको उजुरी दिएको थियो । त्यसैका आधारमा प्रहरीले प्रनेसलाई पक्राउ गरेको हो । अहिले पत्रकारदेखि राजनीतिक दलका नेतासम्मले यो पक्राउको विरोध गरिरहेका छन् ।


गौतम पक्राउविरुद्धमा स्वतन्त्ररुपमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले फ्रि प्रनेश, प्रनेश गौतमलाई रिहा गर, नेपाली फिल्म इण्डष्ट्रिको दादागिरी बन्द गर, नराम्रोलाई नराम्रो भन्न् किन नपाउने लगायतका प्ले कार्ड बोकेर विरोध गरेका थिए ।

प्रहरीले प्रनेशमाथि साइबर क्राइम अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।