६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली रेल चढेर लन्डनबाट फ्रान्सको पेरिस जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन्। तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका हुन्।

ओली फ्रान्स र ब्रिटेनबीच समुद्रमुनि अवस्थित ब्रिटिश च्यानल भनिने युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने बीबीसी नेपाली सेवाले जनाएको छ। प्रत्येक वर्ष करिब एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गर्ने बताइएको छ। १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ ।

स्वीट्जरल्याण्ड र बेलायतको भ्रमणसकेर प्रधानमन्त्री ओलीले आजदेखिनै फ्रान्सको भम्रण गर्नेछन्।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दैछन् ।

प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटबार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ।