६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले प्रभावित भएका खेलहरु अन्य दिन खेलाउन मिल्दैन : रिचर्डसन



अ+ अ-

काठमाडौं । आईसीसीका निवर्तमान मुख्य कार्यकारी डेभिड रिचर्डसनले वर्षाले प्रभावित भएका खेलहरु अन्य दिन खेलाउन नसक्ने बताएका छन् ।

प्रतियोगिताको लामो तालिकाका कारण पनि व्यवहारिक नहुने उनको भनाइ छ । रिचर्डसनले भने, ‘विश्वकपका हरेक खेल अन्य दिनमा तय गर्दा धेरै समय लाग्छ र यो व्यवहारिक पनि हुँदैन ।’पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगायतका विविध समस्याहरु उत्पन्न हुने पनि रिचर्डसनको भनाइ थियो ।

यसअघि बर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल रद्ध भएको थियो । ७ ओभरदेखि नै सुरु भएको वर्षा करिब ५ घण्टासम्म नरोकिएपछि खेल रद्द गरिएको थियो ।

टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ७.३ ओभरमा २९ रन जोडेको थियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाडेंका थिए । यता श्रीलंका र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीचको खेल पानी परेपछि रद्द भएको थियो । उक्त खेल एक ओभर पनि खेलाउन सकिए । योसँगै विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले अंक बाँडेको यो तेस्रो बनेपछि आफैंमा रेकर्ड कायम भएको छ ।

यसअघि १९९२ र २००३ को विश्वकपमा दुई खेल पानीका कारण रद्द भएको थियो ।

बीबीसीका अनुसार बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने टान्टन र भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट ब्रिजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

मौसम विभागका अनुसार अमेरिकामा जुन महिनामा औसत धेरै पानी पर्छ भने इंग्ल्याण्डमा तुलनात्मक रुपमा सुख्खा मौसम हुुन पर्ने हो । २०१८ को जुन महिनामा जम्मा २ मिलिमिटर पानी परेको थियो । यस वर्ष भने २४ घण्टामा १०० मिलिमिटर पानी परेको छ ।