१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले प्रभावित भएका खेलहरु अन्य दिन खेलाउन मिल्दैन : रिचर्डसन



अ+ अ-

काठमाडौं । आईसीसीका निवर्तमान मुख्य कार्यकारी डेभिड रिचर्डसनले वर्षाले प्रभावित भएका खेलहरु अन्य दिन खेलाउन नसक्ने बताएका छन् ।

प्रतियोगिताको लामो तालिकाका कारण पनि व्यवहारिक नहुने उनको भनाइ छ । रिचर्डसनले भने, ‘विश्वकपका हरेक खेल अन्य दिनमा तय गर्दा धेरै समय लाग्छ र यो व्यवहारिक पनि हुँदैन ।’पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगायतका विविध समस्याहरु उत्पन्न हुने पनि रिचर्डसनको भनाइ थियो ।

यसअघि बर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल रद्ध भएको थियो । ७ ओभरदेखि नै सुरु भएको वर्षा करिब ५ घण्टासम्म नरोकिएपछि खेल रद्द गरिएको थियो ।

टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ७.३ ओभरमा २९ रन जोडेको थियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाडेंका थिए । यता श्रीलंका र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीचको खेल पानी परेपछि रद्द भएको थियो । उक्त खेल एक ओभर पनि खेलाउन सकिए । योसँगै विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले अंक बाँडेको यो तेस्रो बनेपछि आफैंमा रेकर्ड कायम भएको छ ।

यसअघि १९९२ र २००३ को विश्वकपमा दुई खेल पानीका कारण रद्द भएको थियो ।

बीबीसीका अनुसार बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने टान्टन र भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट ब्रिजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

मौसम विभागका अनुसार अमेरिकामा जुन महिनामा औसत धेरै पानी पर्छ भने इंग्ल्याण्डमा तुलनात्मक रुपमा सुख्खा मौसम हुुन पर्ने हो । २०१८ को जुन महिनामा जम्मा २ मिलिमिटर पानी परेको थियो । यस वर्ष भने २४ घण्टामा १०० मिलिमिटर पानी परेको छ ।