३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको आक्रमक सुरुवात, कप्तान आरोन फिन्चले बनाए अर्ध शतक



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले आक्रमक सुरुवात गरेको छ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १७ ओभरको समाप्तिमा १०७ रन बनाएको छ ।


उसका लागि कप्तान आरोन फिन्चले ६५ बलमा ५९ रन बनाउदै अर्ध शतक बनाएका छन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । यता डेभिड वार्नरले३८ रन बनाएका छन् । वार्नरले ६७ बलमा २ छक्का ४ चौका प्रहार गर्दै ३८ रन बनाएका हुन् ।

पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भारतसँग ३६ रनले पराजित भएको थियो ।

पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ । विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ ।

अष्ट्रेलिया

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी र पट कुम्मिन्स ।

पाकिस्तान

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, मोहम्मद आमिर, हसन अली, वाहब रियाज र साहिन शा अफ्रिदी