७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको आक्रमक सुरुवात, कप्तान आरोन फिन्चले बनाए अर्ध शतक



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले आक्रमक सुरुवात गरेको छ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १७ ओभरको समाप्तिमा १०७ रन बनाएको छ ।


उसका लागि कप्तान आरोन फिन्चले ६५ बलमा ५९ रन बनाउदै अर्ध शतक बनाएका छन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । यता डेभिड वार्नरले३८ रन बनाएका छन् । वार्नरले ६७ बलमा २ छक्का ४ चौका प्रहार गर्दै ३८ रन बनाएका हुन् ।

पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भारतसँग ३६ रनले पराजित भएको थियो ।

पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ । विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ ।

अष्ट्रेलिया

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी र पट कुम्मिन्स ।

पाकिस्तान

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, मोहम्मद आमिर, हसन अली, वाहब रियाज र साहिन शा अफ्रिदी