७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापा असारको पहिलो साता चीन जाने



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्नु हुनेछ ।