३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट रावत गाउँको वडा कार्यालयमा भएको आगजनीको जिम्मा विप्लव समूहले लियो



अ+ अ-

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा भएको आगजनीको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका हुन्। उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको प्रतिक्रिया दिए।

मंगलबार राति विप्लवको पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका थिए।