७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट रावत गाउँको वडा कार्यालयमा भएको आगजनीको जिम्मा विप्लव समूहले लियो



अ+ अ-

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा भएको आगजनीको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका हुन्। उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको प्रतिक्रिया दिए।

मंगलबार राति विप्लवको पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका थिए।