७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई जेल चलान



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका देउजालाई रानीवनबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथ देवल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।