६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : डेनिभड वार्नरले शतक बनाए, कप्तान आरोन फिन्चको अर्ध शतकीय पारी



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध विश्वविजेता अष्ट्रेलियाका डेनिभड वार्नरले शतक बनाएका छन् ।

ओपनर ब्याट्सम्यान वार्नरले १०२ बलमा शतक पूरा गरेका हुन् । उनले १०२ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १०१ रन बनाए । यता प्तान आरोन फिन्च ८२ रनमा आउट भए । त्यस्तै, ग्लेन म्याक्श्वेल २० रनमा आउट हुदा स्टेभन स्मिथ १० रनमा आउट भएका छन् ।

पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भारतसँग ३६ रनले पराजित भएको थियो ।

पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ । विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ ।

अष्ट्रेलिया

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी र पट कुम्मिन्स ।

पाकिस्तान

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, मोहम्मद आमिर, हसन अली, वाहब रियाज र साहिन शा अफ्रिदी

विश्वकप क्रिकेट : टस हारेर अष्ट्रेलिया ब्याटिङ गर्दै