१ असार २०८३, सोमबार
,
Latest
बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अष्ट्रेलियासँग हार्‍यो पाकिस्तान, खेर गयो मोहम्मद अमिरको ५ विकेट



अ+ अ-

काठमाडौं । अष्ट्रेलियले विश्वकप क्रिकेटमा पाकिस्तानलाई हराएको छ ।

बुधबार द कपर एसोसिएट्स कउन्टी मैदानमा भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि सल्लाहिएको थियो । इमाम उलहकले मोहम्मद हाफिजसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे ।

इमाम ५३ रनमा आउट भए । त्यसपछि पनि खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो र जितका लागि ३६ बलमा ४५ रन आवश्यक थियो ।

क्रिजमा सेट भइसकेका ब्याट्सम्यान कप्तान सर्फराज र वाहब थिए । तर ४५ औं ओभरमा खेल एकाएक अष्ट्रेलियाको पक्षमा गयो । ओभरको दोस्रो र चौथो ओभरमा मिचेल स्टार्कले विकेट लिए ।

अर्को ओभरको चौथो बलमा सर्फराज रनआउट भएपछि पाकिस्तान जित नजिकको खेलमा पनि हार्‍यो ।

अष्ट्रेलियाका लागि पेट कुम्मिन्सले तीन र मिचेल स्टार्क तथा केन रिचार्डसनले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो कप्तान आरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १४६ रनको साझेदारी गरे । तर अरु चल्न सकेनन् ।

उसका लागि वार्नरले शतक बनाए । उनले १११ बलमा ११ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । कप्तान एरोन फिन्च ८२ रनमा आउट भए ।

ग्लेन म्याक्सवेल २० रनमा आउट हुँदा स्टिभ स्मिथ १० रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानका लागि मोहम्मद अमिरले ५ विकेट लिए ।