६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु



अ+ अ-

सिन्धुली । स्कूल बसको झ्यालबाट टाउको निकाल्दा सिन्धुलीमा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।