१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही साना दललाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका गठबन्धनका साना दलहरुको कांग्रेसको समर्थन नरहे भविष्य नरहेको बताएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

‘ केही साना दलहरुलाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छ ।’ उनले भने, ‘सँधै सुन्छु सँगै जानुपर्छ– सँगै जानुपर्छ भनेको सरकारमा मात्रै होकी देश बनाउन सँगै जाने हो ? ‘सँधै सुन्छु सँगै जानुपर्छ– सँगै जानुपर्छ भनेको सरकारमा मात्रै होकी देश बनाउन सँगै जाने हो ?’ देश बनाउने कुरामा एमाले कांग्रेससँगै छ । हामी सरकारमा छैनौं, प्रतिपक्ष भनेको संसदको अंग होइन ? हामी साथमा छैनौं लोकतन्त्रको साथमा ?’