३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेसप्रति आकर्षण र सरकारप्रति विकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’



अ+ अ-

काठठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पहिलो चरणमा देशैभर भएको जागरण अभियानले ऊर्जा दिएको बताए । जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको बताए । उक्त कार्यक्रमबाट ३१ हजार ६४२ जना पार्टीमा प्रवेश गरेको जनकारी दिए ।

उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।जागरण अभियानले
कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने , “ कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको छ अब कांग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।

‘जागरण अभियानबारे पार्टीभित्रै विवाद रहेछ नि !’ भन्ने प्रश्नमा प्रवक्ता शर्माले गतिशील पार्टीमा केही विवाद देखिए पनि त्यो विवादले जागरण अभियानलाई असर नगर्ने बताए।

‘पहिले जागरण अभियान किन नगरेको भन्ने, अनि अहिले जागरण अभियान गर्दा यो भएन त्यो भएन भन्नेर?,’ उनले भने।

जिल्ला खटिएका कांग्रेस नेतालाई कार्यकर्ताले जागरण कार्यकर्तालाई नभई नेतालाई आवश्यक परेको बताए।

नेताहरूबीच हुने गुट, उपगुट अन्त्य गर्न र झगडा हटाएर एक हुन कार्यकर्ताको नेतालाई आग्रह छ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।”

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । 

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

 आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।