६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेसप्रति आकर्षण र सरकारप्रति विकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’



अ+ अ-

काठठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पहिलो चरणमा देशैभर भएको जागरण अभियानले ऊर्जा दिएको बताए । जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको बताए । उक्त कार्यक्रमबाट ३१ हजार ६४२ जना पार्टीमा प्रवेश गरेको जनकारी दिए ।

उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।जागरण अभियानले
कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने , “ कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको छ अब कांग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।

‘जागरण अभियानबारे पार्टीभित्रै विवाद रहेछ नि !’ भन्ने प्रश्नमा प्रवक्ता शर्माले गतिशील पार्टीमा केही विवाद देखिए पनि त्यो विवादले जागरण अभियानलाई असर नगर्ने बताए।

‘पहिले जागरण अभियान किन नगरेको भन्ने, अनि अहिले जागरण अभियान गर्दा यो भएन त्यो भएन भन्नेर?,’ उनले भने।

जिल्ला खटिएका कांग्रेस नेतालाई कार्यकर्ताले जागरण कार्यकर्तालाई नभई नेतालाई आवश्यक परेको बताए।

नेताहरूबीच हुने गुट, उपगुट अन्त्य गर्न र झगडा हटाएर एक हुन कार्यकर्ताको नेतालाई आग्रह छ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।”

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । 

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

 आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।