७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्षकै सांसद भन्छिन्ः हामीलाई ल्यापटप दिएर सरकारले जनतामा नकारात्मक सन्देश दिन खोज्यो



अ+ अ-

काठमाडौं । नेकपा सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप दिएर जनतामा नकारात्मक सन्देश दिन खोजेको आरोप लगाएकी छिन् ।

बिहिबार विनियोजन बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद झाँक्रीले सांसदहरुलाई ल्यापटप बाँड्ने कुराको विरोध गर्दै यसले जनतमा नकरात्मक कुराको सन्देश जने भन्दै उक्त कुरालाई सच्याउनुपर्ने बताइन् ।

उनले भनिन्–‘केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान ग¥यो भन्ने सुने । यो सुन्दा मलाई दुःख लागेको छ किनभने सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेला बखत भइरहेको छ ।

उनले यदि ल्यापटप दिए संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आउने बताइन् । उनले सांसदलाई प्रविधी मैत्री बनाउँछु भन्ने नाममा सस्ता कुराहरु गरेर सांसदहरुको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गरिन् । उनले भनिन्–‘यो विषय आपक्तिजनक छ, यसले सांसदहरुको मर्यादा पनि बढ्दैन ।’

गत १९ जेठमा बोलपत्र आह्वान गरि प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदलाई ल्यापटप दिलाउन विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गरिएको थियो ।

‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने उनले बताए ।

संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो । त्यसका लागि भने गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो । यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।

संसद सचिवालयले हरेक वर्ष क्षमता अभिवृद्धि शीर्षकमा बजेट छुट्याउने गरेको छ । आगामी आवको बजेटमा विनियोजन भएको सोही शिर्षकको रकमबाट ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै छन् ।

यसअधि पनि सांसदहरुले विभिन्न लबिङ गरी आफ्नो निर्वाचन क्षेत्रमा ४ करोडबाट बढाएर ६ करोड लैजान सफल भएका थिए ।