७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको उपचारमा डाक्टरको चरम लापरवाही, पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटियो



अ+ अ-

काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।